२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्वर्ण बिजेता खेलाडी आदेश प्रायोजकको खोजीमा

२०८१, १३ बैशाख बिहीबार ०३:३८

बैशाख १३, रौतहट | बिगतमा ग्रामीण भेगका युवाहरु माझ खेल प्रति खासै रुचि नरहेपनि पछिल्लो समय नेपालमा क्रिकेटसँगै युवाहरुको अन्य खेल प्रति पनि आकर्षण बढ्दै गएको छ। तर साधन स्रोतको अभावमा केही राम्रो गर्ने चाहना हुँदा हुँदै पनि खेललाई निरन्तरता दिन युवाहरुको लागी ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ।

रौतहट कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव गत हप्ता काठमाडौंमा भएको १४औं राष्ट्रपति रनिङ शिल्डमा स्प्रिन्ट विधाको १०० र २०० मिटर दुवै इभेन्टमा स्वर्ण जितेका थिए। 

एक दिन नेपालकै फास्टेस्ट स्प्रिन्टर बन्ने उनको लक्ष्य रहेको छ। तर स्रोत साधनाको अभावमा उनलाई ठूलो कठिनाइको सामना गर्नु परिरहेको छ। मध्यम बर्गिय परिवारका आदेश भन्छन्, 'अहिलेसम्म म सँग कुनै प्रायोजक छैन, खेल सामग्री र पर्याप्त पौष्टिक आहार खान सक्ने अवस्था पनि छैन । भने जस्तो साधन स्रोत र सुविधा पाए अझ राम्रो प्रशिक्षण गरेर प्रदर्शन सुधार्न सकिन्छ ।'

राम्रो सुविधा पाएमा नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय मेडल ल्याउन सक्ने उनकाे भनाइ छ । यस्ता उदीयमान खेलाडी आदेशको कटहरिया नगरपालिकाले प्रोतसाहनका लागि सम्मान सहित प्रयोजक भई सहयोग गर्नुपर्ने  स्थानीयहरुको भनाई रहेको छ। आदेशको सफलताबाट सम्पुर्ण कटहरिया नगरवासीसँगै सिङ्गो रौतहटवासी नेपाली जनता गौरवान्वित हुनेछ कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले आफ्नो विचार राखेका छन्।

आदेश संयुक्त अरब इमिरेट्स (युएई) मा अप्रिल २४ देखि हुने एसियन यू-२० एथ्लेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गएका छन्। त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिँदैछन् । ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवै इभेन्टमा राम्रो गर्ने र जुनियरमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ’, उनले बताएका छन।

१४ औं राष्ट्रपति रनिङ शिल्डमा दौडन काठमाडौं आउनुअघि आदेशले भरतपुरमा भएको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा पनि दुवै विधामा स्वर्ण जित्दै एथ्लेटिक्सतर्फ उत्कृष्ट खेलाडी बनेका थिए ।

कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव वीरगञ्जमा बसेर पढाईका साथै एथ्लेटिक्सको प्रशिक्षण पनि लिइरहेका छन्। बिरगंजमा उनी श्री नारायणसँग प्रशिक्षण लिइरहेका छन् । आदेशले खेललाई आफ्नो करिअर भन्दा पनि रुचीका रुपमा मात्र हेरेका छन् । खेल संगै  भविष्यमा प्रहरी इन्सपेक्टर बन्ने सपना रहेको आदेशले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला