इमर्जिङ कप क्रिकेट: पाकिस्तानद्वारा नेपाल ६ विकेटले पराजित

Posted on: 27 Mar, 2017

चैत १४, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कपको आज भएको पहिलो खेलमा नेपालले पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ । 

बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

पाकिस्तानका लागि टोलीका इमाम उलहकले १०० रन बनाए । उनले १३४ बलमा ८ चौका हानेका थिए । 

कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी सहितको उपस्थिति नरहेको उक्त खेलमा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा सिमित बनेका थिए । उनीहरुको खेलपछि मैदान छिरेका शरदले सुनीलसँग मिलेर नेपालको पारीलाई केहि हदसम्म माथि पुर्याए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रन बनाए ।

नेपालले अब आफ्नो दोश्रो खेल भोलि बंगलादेशसँग खेल्दैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!