५० जना कृषकलाई आलुको विउ वितरण

Posted on: 10 Dec, 2016


मंसिर २६ गते ।  पर्वतका कृषकलाई आलुको बिउ   वितरण जिल्लाको एक सहकारी संस्था पर्वतले ५० जना कृषकहरुलाई निशुल्क आलुको बिउ वितरण गरेको छ । 

पर्वतको ग्रामिण विकास कृषि सहकारी संस्था पर्वतले ठुलीपोखरी, शंकरपोखरी र कुश्मा नगरपालिका १४ का ५० जना कृषकलाई ५० बोरा आलुको बिउ निशुल्क वितरण गरेको हो ।

विपन्न परिवारका कृषकलाई उन्नत जातको आलुको बीउ उपलव्ध गराई आर्थिकस्तर उकास्न र आलुको उत्पादन बृद्धि गर्न उद्वेश्यले बीउ वितरण गरिएको ग्रामिण विकास कृषि सहकारी संस्थाका सचिव बिष्णु तिवारीले बताए ।यसअघि पनि संस्थाले पटक पटक कृषकहरुलाई बिउ वितरण गदै आएको छ । कार्यत्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय पर्वत बरिष्ठ कृषि विकास अधिकृत बासुदेव    रेग्मीले हिउँदे याममा आलुखेती गर्ने कृषकलाई राहात मिलेको बताए ।

ग्रामिण विकास कृषि सहकारी संस्था पर्वतका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार लेखनाथ शर्मा लगायतले बालेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह–सहसचिव रामु शर्मा र कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिष्णु तिवारीले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!