डडेल्धुरामा पहिलो पटक किवी फल पाक्यो, किसान हर्षित

Posted on: 14 Dec, 2016

मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन । 

चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरि सुदूरपश्चिममै पहिलो पटक किवि खेती सुरु गरिएको थियो । लहरे फल किवी लगाएको ३ वर्षदेखि फल्न सुरुभई ५० वर्षसम्म निरन्तर फल्ने गर्छ । गत बर्ष पुषमा रोपेको किवीको फल मंसिर अन्त्यमा पाकेपछि कृषक उत्साहित बनेका हुन । किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा लिइन्छ । 

सुदूरपश्चिमका लागि नौलो नगदे बाली मानिएको यसको पहिलो चरणमा प्रचार–प्रसारकै लागि जिल्लाभर जम्मा आठ सय बुहुबर्षिय फल किवीका बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । १२ सयदेखि २ हजार मिटरसम्मको उचाईमा हुने यो खेती अहिले देशका १० जिल्लामा ७५ हेक्टरमा हुने गरेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!