युवा लक्षीत व्यवसायिक तरकारी खेती कार्यक्रम सम्पन्न

Posted on: 19 Dec, 2016

सुरेश भट्ट | पुस ४, कंचनपुर | कृषि विकास कार्यालय कञ्चनपुर ले आयोजना गरेको युवा लक्षीत व्यवसायिक तरकारी खेती  कार्यक्रम सम्पन्न गरेको छ ।

आज जील्ला विकास कार्यालय कञ्चनपुरले १५ जना कृषक छानी आफ्नै तालिम कक्षमा सम्पन्न गरेको हो । जिल्ला विकास कार्यालय कञ्चनपुरले  अनुदानमा  ६० हजार दिने र सो वाफत किसान हरुले वर्षमा दुइ बिगामा तरकारी खेती लाउनु पर्ने सम्झौता भएको जिल्ला विकास कार्यालयले जनाएको छ ।

भारत वाट आयात हुने तरकारी लाइ विस्तापित गर्ने अपेक्षा लिएको जिल्ला विकास कार्यालय कञ्चनपुर का वरिष्ट कृषी अधीकृत यज्ञ राज जोशीले बताउनु भएको छ ।

भाद्र महिनामा खुलेको  निवेदन ४३ कृषक ले भरेका थिए भने जिल्ला विकास कार्यालय ले १५ कृषक छनोट गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!