महोत्सवमा प्रधानमन्त्री प्रचण्ड आउने पक्का

Posted on: 23 Jan, 2017

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दहाल “प्रचण्ड” आउने पक्का भएको छ । पाँचौ पर्वत महोत्सवको समुद्धघाटन प्रधानमन्त्री प्रचण्डबाट हुने पक्कापक्की भएको महोत्सव आयोजक समितिले जनाएको छ ।


यहि माघ १३ देखि २२ गतेसम्म हुने पाँचौ पर्वत महोत्सवको तयारी तिब्र रुपमा भइरहेको जानकारी आयोजकले बताएको छ । महोत्सव उद्घाटनको लागि प्रधानमन्त्री आउने पक्का भएपछि पर्वतको सुरक्षा व्यवस्थामा कडाइ गरिएको पर्वत सुरक्षा स्रोतले जानकारी दियो ।


महोत्सवको पूर्वसध्यामा सदरमुकाम कुश्मा बजारलाई ध्वजापतकाले बजार सिंगार्नुका साथै बजार वरपर सरसफाइ तथा कालीगण्डकी नदीमा महोत्सव प्रंचारका लागि जलयात्रा लगायतका कार्यक्रमहरु गरिसकिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!