दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

Posted on: 03 Feb, 2017

माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ । 
दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पनि २०७३/७४ मा कृर्षी सडकका लागी गाविसबाट छुट्याएको ५० हजार र सडक उन्नतीको लागी ८० हजार गरि जम्मा  १ लाख ३०  हजारले चामी गाउँको टाकुराबाट ठुलाचौर सम्म विस्तार गरिएको सडक आज एक कार्यक्रम गरि समापन गरिएको छ । 
आलु उत्पादनका लागि प्रख्यात रहेको चामि गाउँ गाविसको सम्पूर्ण सुविधाबाट पछाडि रहेको छ । आलु उत्पादन बाट चामी गाउँका किसानहरुले बर्षेनी लाखौँको आम्दानी गर्दै आएका छन् । अहिले निर्माण गरिएको कृर्षी सडक अझै विस्तार गरी जिनाबाङ सम्म जोड्न सके किसानहरुलाई झन राहत हुने कृर्षि सडक समितिका अध्यक्ष खिमलाल केसी र सदस्य टोप बहादुर केसी बताउछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!