गानो कुहिने रोगले देशैभरका किसान चिन्तीत

Posted on: 03 Sep, 2017


शंकर केसी/भदौ १८, सल्यान । गानो परिपक्व हुने बेला अदुवामा रोग र किराले आक्रमण गरेपछि किसानहरु चिन्तामा परेका छन् । 

अदुवा खेती हुने नेपालका धेरैजसो स्थानमा अहिले गानो कुहिने रोग र गाने औंशा देखा परेको अदुवाबालि अनुसन्धान कार्यक्रमले जनाएको छ ।

यस वर्ष लगातार परेको वर्षाको कारणले यस्तो समस्या देखीएको अदुवालि अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानका कृषि वैज्ञानीक जनार्जन गौतमले बताए । उनले भने–‘अहिले अदुवाको गानै कुहिने रोगले देशैभरका अदुवा किसान चिन्तित बनेका छन्, समयमै उपचार भएन भने यो रोगले अदुवावालिमा ७५ प्रतिशतसम्म क्षती पु¥याउंछ ।’ 

किट विज्ञ समेत रहेका गौतमका अनुसार सल्यानको धनवाङ, नवलपरासिको देउचुली, पाल्पाको ब¥याङदी, इलामको गोदाव, गुल्मीको थानापतीका साथै कैलाली, सुर्खेत र डोटि सम्मका किसानले गानो कुहिने रोग देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वर्षभरको घरायसी खर्च टार्नका लागी आम्दानी गर्ने किसानहरू यतिबेला निरास बनेका छन् । रोगको प्रकोप देखिएपछि उत्पादन भएको अदुवाले पनि राम्रो भाउ पाउँदैन । रोगको उपचार नभए अदुवाखेती नै मासिएर जाने अवस्थामा रहेको अदुवावालि अनुसन्धान कार्यक्रमले जनाएको छ ।

कसरी गर्ने गानो कुहिने रोगको व्यवस्थापन ?

कृषि वैज्ञानीकहरुका अनुसार यो रोग वीउ गानो तथा माटोको माध्यमवाट सर्ने भएतापनि ६० प्रतिशत संक्रमण विउवाट नै सुरु हुने गर्दछ ।

वायुमण्डलमा प्रसस्त आद्र्रता भएको र २५—३५ डि.से.को तापक्रम, लामो समय सम्म सिमसिमे पानी तथा पानी जमेको अवस्था भएमा यो रोगको लागि अनुकुल वातावरण मिल्न गई पुरै प्लट संक्रमित हुने कृषि वैज्ञानीक जनार्जन गौतमले बताए । उनले भने– ‘प्राय श्रावण भाद्रमा यस्तो वातावरण मिल्न गई यो रोगको प्रकोप ज्यादा देखिन्छ । यो रोग सर्न र फैलन वीउ, माटो वातावरणको महत्वपुर्ण भूमिका रहेको हुन्छ ।’

मुख्य गरी अदुवाको गानो कुहिने रोग लागि सकेपछि नियन्त्रण गर्न धेरै कठिन हुने उनले बताए । ढुसीको जीवाणु माटो वा रोगी गानो, डांठमा २ वर्ष सम्म जीवित रहन सक्ने हुदाँ अनिवार्य वाली चक्र अपनाई ३ वर्षमा एक पटक मात्र अदुवा लगाउने र अदुवा भन्दा अगाडि कोदो वा घ्यूसिमी–तोरी लगाउनुपर्ने गौतमको सुझाव छ । उनले रोग लागेको बोट वरिपरि रातो डोरि बाँधेर खतराको संकेत गरी उक्त ठाउँमा हिडडुल गर्न नहुने र झार गोडमेल पनी गर्न नहुने जनाउँछन् ।

गानो कुहिने रोगको व्यवस्थापनका लागी दुइ दशमलव ५ ग्राम ढुसिनाशक विषादी डाइथीनीयम ४५, १ ग्राम बेबीस्टीन र २ मिलीलीटर मालाथीयनको झोल एक लिटर पानीमा मिसाइ एक बोटमा एक चिया गिलासको दरले रोग लागेको अदुवाको गानो सम्म नै भिज्ने गरि हाल्नुपर्ने सुझाव गौतमले दिएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!