कालिकोटमा च्याउखेती तालिम सम्पन्न

Posted on: 06 Jan, 2018

पुस २२, कालिकोट । ग्रामीण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन आयोजित पाँच दिने व्यवसायिक च्याउ खेती सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ । 

ग्रामीण पुर्ननिर्माण संस्था (आरआरएन) द्धारा सञ्चालित सामुदायिक बिकास कार्यक्रम (सिडिपी परियोजना)को सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नरहरीनाथ गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका र तिलागुफा नगरपालिकाका २५ जना महिलाहरु सहभागी थिए ।


तालिम समापन कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले पाँच दिनसम्म लिईएको तालिम व्यवहारमा कार्यान्वयन गर्न सके महिलाहरुको आयआर्जनमा सुधार हुने बताए । 

उनले तालिम लिने मात्र नभई अब जिल्लाको लागि उत्पादन दिनुपर्ने बताए । कार्यक्रममा ग्रामीण पुर्नर्निमाण संस्थाका कार्यक्रम संयोजक लिला न्यौपानेले विगतमा गरिएका अनुभवहरुलाई बताउँदै तालिममा सहभागी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

उनले आफुहरुले ग्रामीण क्षेत्रका नागरिक सचेतना केन्द्रका महिलाहरुलाई प्रति व्यक्ति एक लाख रुपैयाँ सहयोग समेत गरिएकाृ भन्दै उक्त रकमको सदुपयोग गर्न आग्रह गरे । 

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भक्तिराम शर्मा, कृषि प्रसार अधिकृत मनोजकुमार सिंह, ग्रामीण पुर्ननिर्माण संस्थाका आयआर्जन तथा सुशासन अधिकृत राजेशप्रकाश ऐरी, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!