राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट देशभरका ५ कृषक सम्मानित

Posted on: 16 Oct, 2016

जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापा सम्मानित 

नन्दराम जैशी | असोज ३०, जुम्ला | यस बर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापा सम्मानित हुनु भएको छ । आज परेको विश्व खाद्य दिवसका अवसरमा नेपाल सरकारले बुढ्थापालाइ राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित गरेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्ला तथा राष्ट्रिय मौरी पालन विकास कार्यक्रम गोदावरी ललितपुर र ब्यवसायिक किट विकास निर्देशनाय काठ्माडौको सिफारिसमा पुरस्कारबाट बुढ्थापालाइ सम्मान गरीएको बताइएको छ ।       

राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट देशभरीका ६ जना मौरीपालक कृषकलाइ सम्मान गरीएको छ । जसमा एपि सेरानामा जातको मौरीपालन तर्फ चन्दननाथ नगरपालिका ३ जुम्लाका कृषक रामकृष्ण बुढ्थापा, धादिङकानारायण घिमिरे र कास्कीका शिवराम भण्डारी पुरस्कृत भएका छन् । भने एपि मेलिफेरा जातको मौरीपालन तर्फसर्लाहिका मनोजराज सिंह र नवलपरासिका २ जना मौरीपालक कृषक पुरस्कृत भएका छन् । राष्ट्रिय पुरस्कार पाउनु भएका सबै कृषकलाइ उनिहरुकै जिल्लामा मनाइने विश्व खाद्य दिवसका अवसरमा सम्मानित गरीने जनाइएको छ ।   

यसैबिच आज राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित भएको खबर सुनेपछि जुम्लाका मौरीपालक तथा बरीष्ठ कृषक रामकृष्ण बुढ्थापाले खुसि ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो, जुम्लामा मौरी पालनका लागि जति संभावना छ, त्यो भन्दा बढि चुनौति रहेको छ । तर पनि लामो समयदेखि विभिन्न चुनौतिको सामना गर्दै मौरीपालनमा लाग्दा आज राष्ट्रिय पुरस्कारबाट सम्मानित भँए, म निकै नि खुसि छु उहाले बताउनुभयो । विश्मै दुर्लभ मानिएको एपि सेरानामा जातको मौरीपालन गर्दै आउनु भएका बुढ्थापाले जुम्लाको मौरीपालन क्षेत्र तथा मौरीपालक कृषकको विकासका लागि अझैँ राज्यले उदानसिता देखाएको बताउनुभयो ।  

विभिन्न औषधिको रुपमा समेत प्रयोग हुदै आएको महमध्य बुढ्थापा लगाएत जुम्लामा उत्पादन हुदै आएको एपि सेरानामा जातको मौरीको मह विश्वमै उत्कृष्ठ मानिएको छ । जुम्लालाइ मह उत्पादनको क्षेत्रका रुपमा चिनाउन र महमा पनि जिल्लाको पहिचान राख्न मौरीपालक सबै कृषकले ब्यवसायिक रुपमा मह उत्पादन गर्नु पर्ने उहाको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!