नवलपरासीको भुमहीमा एन.आई.सी एसिया बैंक

Posted on: 17 May, 2017


जेठ ३, नवलपरासी | नवलपरासीको भुमहीमा एन.आई.सी एसिया बैंक लिमिटेडको आज शाखा कार्यालय खुलेको छ । 

बैकको एक औपचारिक कार्यक्रम बिच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य भिम बहादुर थापा क्षेत्रीले रिबन काटी शिलालेख अनावरण गरि उद्दघाटन गर्नु भएको छ । जनतालाई सेवा प्रदान गर्ने उद्देश्यले खुलेको यस बैंकले कृषि, उद्योग, व्यपार र पर्यटन क्षेत्रमा आवश्क्ता अनुसार लगानी गर्ने बैंकले जनाएको छ । सस्तो र सुलभ ब्याजदरमा ऋण प्रवाह गरि यहाँका जनताहरुको आर्थिक उपार्जनमा सहयोग पुर्याउने बैंकको लक्ष्य छ । 

कार्यक्रममा वक्ताहरुले अनावश्यक क्षेत्रमा बैंकको लगानी नभई आवश्य क्षेत्रमा लगानी हुनु पर्ने सुझाव दिएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!