सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित

Posted on: 09 Jan, 2016

प्रकाश धौलाकोटी । पुस २५, तेह्रथुम । सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिन्तन बराल र कालुछिरिङ शेर्पा, महासचिवमा बलिराज ईङ्नाम, सचिवमा रामकुमार इङ्नाम र कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएका छन् ।

लामो समयदेखि नेतृत्व परिवर्तनकालागि विवाद हुदै आएको संघको शुक्रबार सम्पन्न तेस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । नेतृत्वमा दाबी गर्दै आएको नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेपनि सहमति नभएपछि आफुहरुको एमाले, एमाओवादी,नेकपा माओवादी र संघीय लिम्बुवान पार्टीको संयुक्त प्यानलबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको नयाँ कार्यसमितिका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । यता नेपाली कांग्रेससम्बन्द्ध व्यवसायीहरुले भने पुर्वसहमति तोडेर अघि बढेकाले आफुहरुले अधिवेशन बहिष्कार गरेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!