आगामी माघ ३ देखि ५ सम्म 'नेपाल विल्डटेक एक्स्पो २०२०' हुने

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौँ | आगामी माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारीमा अन्तराष्ट्रियस्तरको ' नेपाल विल्डटेक एक्स्पो २०२०' हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

सोहि एक्स्पोसंगै निर्माण व्यवसायी महासंघको २१ औं साधारणसभा पनि गर्न लागिएकोले  एक्स्पोमा २ हजार भन्दा बढी निर्माण व्यवसायीको सहभागिता हुने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । एक कार्यक्रमका विच नेपाल निर्माण व्यवसायी महासंघ र भारतको इन्नो रेग इन्डिया कम्पनी विच समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।


निर्माण क्षेत्रमा चासो राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण उपकरण बारे अवगत गराउन एक्स्पोले सघाउ पुर्याउने आयोजकले जनाएको छ । एक्स्पो मार्फत सरोकारवाला विचको द्रिपक्षीय तथा बहुपक्षिय सम्बन्ध सहित व्यापार, लगानीको बाताबारण र  व्यापारिक सम्बन्ध समेत अझ प्रगाढ हुने महासंघले ठहर गरेको छ । 

एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसंग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदशनी कक्षहरु रहने आयोजकले जानकारी दिएको छ। ३ दिनसम्म चल्ने एक्स्पोमा १० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!