सुनको मूल्य एकै दिन २ हजारले घट्यो

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौं | सुनको मूल्य मंगलबार एकै दिन तोलामा रु. २ हजारले घटेको छ | आज छापावाल सुनको मूल्य रु.७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आइतबार तोलामा रु ५ सयले बढेर सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार ५ कायम भएको थियो |

त्यस्तै आज तेजाबी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ | पछिल्लो समय केहि ओरालो लागेको सुनको मुल्य सोमबार भने ५ सयले बढेपनि मंगलबार तोलामा २ हजार गिरावट आएको हो | मंगलबार चाँदीको मूल्य पनि घटेको छ | सोमबारको तुलनामा प्रतितोला रु ८० घटेर आज ७ सय १० मा कारोबार भइरहेको छ |

चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस(कोभिड-१९)का कारण विश्व्यापी अर्थतन्त्रमा असर पारेको छ | जसले गर्दा सुनको मूल्य बढिरहे पनि केहिदिन यता भने गिरावट आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!