उद्योग मन्त्री भट्टको छड्के अनुगमन

Posted on: 18 Mar, 2020


चैत ५, काठमाडौँ | कोरोनाभाइरसको कारण देखाउदै कालोबजारी बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारको छड्के अनुगमन गरेका छन् | बजारमा खाद्य पदार्थ देखि लिएर ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको गुनासो बढेपछि  मन्त्री भट्टले अनुगमन गरेका हुन् |


बुधबार मन्त्री भट्ट स्वकीय सचिवले चलाएको से १ त ८४३ नम्बरको प्राइभेट कारमा चढेर ललितपुर र काठमाण्डौका झण्डै दुई दर्जन पेट्रोल पम्प, ग्यास डिलर र बिक्रेता कहाँ पुगेका छन् | पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, टेकु, त्रिपुरेश्वर लगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गर्दा सबै ठाउँमा सामान्य हिसाबले पेट्रोल डिजलको आयात भइरहेको छ |

कोरोनाभाइरसका कारण बजारमा अभाव हुने डरले उपभोक्ताले बोत्तल र ग्यालेनमा पेट्रोल/डिजल लैजाने गरेको तथा अतिरिक्त सिलिण्डर ग्यास भण्डारण गरेकाले केही समस्या देखिएको मन्त्री लेखराज भट्टले बताएका छन् |

मन्त्री भट्टले कालिमाटी तरकारी तथा फलफुल बजारको पनि अनुगमनगरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!