कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु

Posted on: 09 Jun, 2017


जेठ २६, काठमाडौँ । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ । 

ख्यंगि प्रान्तको पुछन सुगुरीस्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वत घर भएका  २८ बर्षीय राजकुमार बि.कको मृत्यु भएको हो । ईपिएस मार्फत तीन बर्ष अघि कोरिया गएका बिकको फर्निचरमा काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको सोहि कम्पनीमा काम गर्ने एक नेपालीले जानकारी दिएका छन् । 

मृतक विकको शव र कम्पनी मालिकलाई  प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । यसैगरी नेपाली दूतावासले घटनाका बारे कम्पनीमा कार्यरत नेपालीले जानकारी गराएको र कोरियन प्रहरीले अझैसम्म जानकारी नगराएको बताएको छ ।

कोरियामा औद्योगिक दुर्घटनामा परी सन् २००८ यता दर्जन बढी नेपालीले ज्यान गुमाईसकेका छन् भने त्यो भन्दा बढी अंगभंग भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!