यसकारण कतारबाट नेपाली कामदारलाई पैसा पठाउन समस्या

Posted on: 12 Jun, 2017


जेठ २९, काठमाडौँ । कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको छ ।  

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेपछि आर्थिक क्षेत्रमा पनि समस्या देखिएको अन्तरास्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

यसको असर कतारमा रहेका नेपाली कामदारहरुले पनि भोग्नु परेको छ । डलर अभाव भएपछि नेपालीलाई घरमा पैसा पठाउन समस्या पर्ने देखिएको छ । कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन् । उनीहरुले नेपालमा दैनिक झण्डै एक करोड ३५ लाख रुपैयाँ पठाउने गरेको राष्ट्र बैंकको तथ्याँक छ ।

सात देशले कतारसँग सम्बन्ध तोडेको एकहप्ता बित्दा कतारमा सञ्चित डलर सकिएपछि यसको प्रभाव सुरु भएको हो । सम्बन्ध तोडेपछि लगाएको सामुन्द्रीक र हवाई नाकाबन्दीका कारण कतारकासँगको आर्थिक कारोवार पनि बन्द भएसँगै मुद्रा सटही केन्द्रहरुमा डलरको अभाव भएको हो ।

युएईले यसअघि नै कतारसँग करोबार गर्नेलाई जेल सजाय र जरिवानाको घोषणा गरिसकेको छ । अरु पश्चिमा देशहरुले पनि कतासँग चलिरहेको कारोबार बाहेक कुनै पनि नयाँ आर्थिक कारोबार गरेका छैनन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!