नेपाली चेलीहरुलाई श्रीलंकासम्म पुर्याएर बेच्ने दलाल पक्राउ

Posted on: 15 Dec, 2017

मंसिर २९, काठमाडौं । बाह्रबिसे गाउँपालिका–१, सिन्धुपाल्चोक स्थायी घर भइ हाल ललितपुरको चापगाउँ बस्दै आएका एक ३८ बर्षीय व्यक्ति पक्राउ परेका छन् ।

मानव बेचविखनमा संलग्न टि व्यक्ति ग्याल्जेन शेर्पा हुन् । उनि फरार अभियुक्त हुन् ।

शेर्पाले एक महिलालाई इराकमा राम्रो अवसर आएको भन्दै प्रलोभनमा पारि महिला बेचबिखन गर्ने गरेको उजुरी गत वर्ष असार १६ मा परे पछि उनि फरार थिए ।

शेर्पाले महिलालाई इराकमा मासिक पारिश्रमिक कम्तिमा १ लाख रुपैयाँसहित अन्य सेवा सुविधा हुने भनि काठमाडौंदेखि भैरहवा हुँदै भारतको दिल्लीसम्म पुर्‍याइ दलालको जिम्मा लगाएर श्रीलंकाको कोलम्बोसम्म पुर्‍याउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

कानुन अनुसार मानव बेचविखन तथा ओसारपसारमा कसुर गरेका व्यक्तिहरुलाई कसुर अनुसार बढीमा २० वर्षसम्म कैद र दुई लाखसम्म जरिवना हुने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!