भदौ २८, काठमाडौँ । कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण बहराइनमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किएका छन् ।
आइतबार नेपाल एयरलाइन्सको चार्टड उडानबाट १ सय ४६ जना नेपाली नागरिकहरू नेपाल फर्किएका बहराइन स्थित नेपाली दुतावासले जनाएको छ । उक्त विमानमा बहराइनमा निधन भएका ४ जना नेपाली नागरिकहरूको शव पनि पठाइएको दुतावासले जानकारी दिएको छ ।
नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा दुतावासबाट श्रम सहचारी दामोदर दाहाल तथा नियोगका स्थानिय कर्मचारीहरू विमानस्थलमै आएका थिए ।
दुतावासको अनुसार बिदामा नेपाल आएर अन्तर्राष्ट्रिय उडान स्थगीत भएका कराँ नेपालमै रोकिएका मध्ये १ सय ४५ जना नेपाली नागरिकहरू बहराइन फर्किएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!