सुटिंङ्गमा जाँदै गरेको प्रेमगीत २ युनिटको जीप दुर्घटना

Posted on: 21 Dec, 2016


पुस ६, काठमाडौं । सुटिंङ्गका लागी पोखरा जाँदै गरेको चलचित्र प्रेमगीत २ युनिटको जीप बिपरीत दिशाबाट आईरहेको ट्रकसँग ठोक्किँदा र्दुघटनामा परेको छ । 

जीपमा निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठकसँगै अभिनेता प्रदिप खड्का र कैलाश कटुवाल सवार थिए । 

धादिङको गल्छिमा भएको दुर्घटनाबाट निर्माता सन्तोष सेनको दाहिने हातमा चोट लागेको छ भने निर्देशक पाठकको टाउकोमा चोट लागेको छ । राजधानीको ट्रमा सेन्टरमा उनीहरुको उपचार भइरहेको छ भने अवस्था भने सामान्य रहेको बताइएको छ । 

निर्माता सेनका अनुसार आफुहरु चढेको गाडीको गति ठिकै भएको र बिपरीत दिशाबाट आइरहेको ट्रक अत्यधिक गीतमा आउँदा घुम्तिमा दुघटना भएको हो । पोखराको सुटिंङ्गको लागी बुधबार बिहान काठमाडौंबाट ५० जनाको टिम तीन वटा गाडीबाट छुटेका थिए  । साथै चलचित्र युनिटको दुर्घटनाले गर्दा सुटिंङ्ग भने १ हप्ताका लागी रोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!