सुवेदीको आत्महत्याको छानविन गर्न 'छक्का पञ्जा' टिमको प्रहरीमा निवेदन

Posted on: 21 Jan, 2017


माघ ८, काठमाडौं । केहि दिन अघि देखी चलचित्र ‘छक्का पञ्जा’ पाईरेसीको बिषयबिच बहस चलिरहेको छ । 

पाईरेसीको आरोपमा मुछिएका नवलपरासीका कृष्ण सुवेदीको आत्महत्या प्रकरण बिषयको टिकाटिप्पणी चलिरहेका छन् । यसैबिच चलचित्र ‘छक्का पञ्जा’ ले आज (शनिबार) सुवेदीको आत्महत्या प्रकरणको छानविनको माग गर्दै प्रहरीमा निवेदन दिएको छ ।

आत्महत्या स्थल सिनामंगल गौशाला प्रहरीको क्षेत्रमा रहेकोले उजुरी दर्ता गर्दै निर्माता तथा कलाकार दिपकराज गिरी, निर्माता निर्मल शर्मा, सुमन गिरी रर निर्देशक दिपाश्री निरौलाले संयुक्त रुपमा आफुहरुमा नै छानबिन माग गरेका हुन् ।

‘सुसाइड नोट’ मा आत्महत्या नभइ हत्या लेखिएको अवस्थामा त्यसको दोष आफुहरुमाथी लगाईएकोले सामाजिक सञ्जालमा आइरहेका क्रिया प्रतिक्रियामाथी छानबिन होस् भन्दै आफुहरु प्रहरी समक्ष आएको दीपकले बताए ।

यसैबिच केहि दिन अघि नवलपरासीमा नेपाल बिद्यार्थी संघले यस बिषयमा छिट्टै छानविन गर्न र दोषीलाई कारवाही होस् भन्दै बिज्ञप्ती मार्फत छानविन नहुन्जेसम्मका लागी चलचित्र ‘छक्का पञ्जा’को टिमले बनाएको कुनै पनि चलचित्र नवलपरासी जिल्लामा प्रदर्शनमा रोक लगाउने घोषणा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!