विवाहै नगरी बनिन् आमा बलिउडकी व्यस्त निर्मात्री एकता कपुर !

Posted on: 31 Jan, 2019

माघ १७, काठमाडौं | बलिउडकी फिल्म निर्माता एकता कपुरले छोरा जन्माएकी छन् । उनले २७ जनवरीमा सेरोगेसीमार्फत् छोरा जन्माएकी हुन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार एकताका छोरा स्वस्थ छन् र उनलाई चाँडै नै घरमा ल्याइनेछ । राम्रो व्यक्ति पाउने बित्तिकै विवाह गरिहाल्ने बताएकी उनले विबाह नै नगरी छोरालाई जन्म दिएकी हुन् ।

उनले राम्रो व्यक्तिको कमी भएकोले विवाह नगरेको पनि बताएकी थिइन् |


एकताका अनुसार उनले विवाहको दबाबबाट बच्नका लागि फिल्मी क्षेत्रमा होमिएको थिइन् । र यही काम उनको प्यासन बनेको पनि जानकारी दिइन् । सिरियल ‘हम पाँच’ बाट आफ्नो करियरको सुरुवात गर्ने एकता भारतकी सबैभन्दा व्यस्त निर्मात्री हुन् । थुप्रै स्ट्रिमिङ प्लेटफर्म र टेलिभिजन च्यानलमा उनको नयाँ कार्यक्रम प्रशारित भइरहेको छ । एकताले विभिन्न फिल्म पनि निर्माण गरेकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!