नेपाल आइडलका सागर आलेले बनाए करोडको घर, घरमा हुँदैछ बिहेको तयारी ? (भिडियो सहित)

Posted on: 03 Feb, 2019

माघ २०, काठमाडौ  । चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु  भन्दा बढी ब्यस्त छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ड निकै हाई छ ।


यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् । यता काठमाडौंको ठमेलमा पनि उनले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् । उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन् । रंग पत्रकार गोपिकृष्ण चापागाईंले उनकै घरमा पुगेर बुबा-आमा र सागरका दाजु साजन आलेसँग कुराकानी गरेका छन् । 

भिडियो अन्तर्वाता हेर्नुहोस् घर कस्तो छ र घरमा केके हुँदैछ ? 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!