विदेश जानेहरुले ए लेभलका प्रयोगशालाबाट मात्र कोरोना परिक्षण गर्नुपर्ने

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | अब विदेश जानेहरुले नेपाल सरकारका ए लेभलका प्रयोगशालाबाट मात्र कोरोना परिक्षण गर्नुपर्ने भएको छ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार,विदेश जानेहरुले नेपाल सरकारका ए लेभलका प्रयोगशालाबाट मात्र कोरोना परिक्षण गर्नुपर्ने निर्णय भएको हो |

यसअघि केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता फेरि जाँच्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गर्ने निर्देशन दिएको थियो | नक्कली पिसिआर रिपोर्ट बनाउने प्रयोगशाला तथा अस्पतालहरुलाई पनि स्पस्टिकरण सोध्न मन्त्रालयले निर्देशन दिएको छ |

नक्कली कोरोना रिपोर्टका कारण नेपाल एयरलाइन्स माथि विभिन्न देशहरुले प्रतिबन्ध समेत लगाएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!