कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

Posted on: 25 Jan, 2021

माघ १२,काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारी मागेको छ । बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।  

१८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासी/जनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट गरी बैंकले कुल १५ वटा पदका लागि ३२६ जना कर्मचारी माग गरेको छ । 

नियुक्ति स्थायी हुने छ। पदअनुसार योग्यता फरक फरक तोकिएको छ। कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ। परीक्षा दस्तुर ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने छ। परीक्षा दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपलगायतबाट बुझाउन सकिने बैंकले जनाएको छ । 

अनलाइनबाट फारम भर्न सकिने छ। बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ।  ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन् भने,उमेर हद पदअनुसार फरक -फरक छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!