सुनको मूल्य घट्यो,कति पुयो प्रतितोला ?

Posted on: 27 Jan, 2021

माघ १४, काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज प्रतितोला रु ७०० ले घटेर छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।आज बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!