बढ्यो सुनको मूल्य

Posted on: 07 Mar, 2021

फागुन २१, काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सुनको मूल्य आइतबार भने बढेको छ । आज शुक्रबारको तुलनामा प्रतितोला रु ५ सयले बढेर छापावाला सुनको मूल्य ८६ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयामा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य ८५ हजार ६ सय ८० कायम भएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

आज प्रतितोला चाँदी १२ सय ५० मा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!