सुनको मूल्य लगातार उकालो

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौँ । सुनको मूल्य लगातार उकालो लाग्न थालेको छ । बुधबार ८८ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजारले बढेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । चैत १९ गते ८६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य २० गते ९ सयले बढेर ८७ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै २३ गते २ सयले घटेको सुनको मूल्य २४ गते ३ सयले बढेर ८७ हजार ५ सययमा कारोबार भएको थियो । बुधबार मात्रै ५ सयले बढेर ८८ हजार पुगेको सुन आज प्रतितोलामा एक हजारले बढेको हो । यसैबीच चाँदीको मूल्य पनि बिहिबार बढेको छ  । 

बुधबार १२ सय ४५ मा कारोबार भएको चाँदीको भाउ आज १५रुपैंयाले बढेर १२ सय ६० मा कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!