युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, ६५ हजार जनाको आवेदन रद्द

Posted on: 16 Jul, 2021

असार ३१, काठमाडौँ (रासस)। युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले विहिबार  साँझ शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ । 

योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ । आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन् । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो 

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट https://unionlife.com.np/ ,  बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!