नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा फोरममा प्रवेश

Posted on: 19 Mar, 2019

चैत ५, काठमाडौं । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा प्रवेश गरेकी छन् । थापा औपचारिक रुपमा संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् ।

संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरिन् ।


प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै भएकी थिइन् । सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन् । तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् ।

पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन । नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पुर्याउने पहिलो महिला हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!