नेकपाको उपाध्यक्षमा बामदेव गौतम

Posted on: 16 Aug, 2019

साउन ३१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको छ |

पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोलते जनाएको छ । नेकपाको विधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।

गौतमलाई केही दिनयता प्रधामनन्त्री ओलीले फकाइरहेका थिए । उनलाई गत मंगलवारमात्र ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर रात्रिभोज सहित छलफल गरेका थिए । गौतमलाई ओलीले कास्की २ को उपचुनावमा उम्मेदवार बन्नसमेत ओलीले प्रस्ताव गरेका छन् ।

नेकपा बैठकले अन्य पदाधिकारीसमेत सिफारिस गरेको स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!