दाङमा विप्लब नेकपाको बैठकस्थलमा प्रहरीको छापा, विप्लबका दाजु सहित २१ नेता पक्राउ

Posted on: 17 Oct, 2019

असोज ३०, दाङ | दाङमा बिहिबार बिहान चन्द नेतृत्वको नेकपाको गोप्य बैठकस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सो नियन्त्रणका क्रममा नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थलबाट २१ नेताहरुलाई पक्राउ गरेको छ ।

दाङको राजपुर गाउँपालिका-४ मुग्रेठा खोलास्थित जंगलको बीचमा विप्लब नेतृत्वको नेकपाको मध्यपश्चिम कमाण्डको बैठक बस्दै गर्दा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरेको जनाएको छ । 

जंगलको बीचमा रहेको एक घरमा बैठक बसिरहेका नेताहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । नेपाल-भारत सीमामा पर्ने मुग्रेठामा प्रहरीले ५ घण्टा लामो पैदल यात्रा गरेर बैठक स्थल नियन्त्रणमा लिन सफल भएको जनाएको छ । 

नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाजु हुन् ।


चन्दसँगै पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!