ट्याक्सी चढेर बाहिरिए निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट (९ तश्वीर)

Posted on: 21 Nov, 2019

मङ्सिर ५, काठमाडौँ | निवर्तमान श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट श्रम मन्त्रालयबाट ट्याक्सी चढेर सिंहदरवारबाट बाहिरिएका छन् । श्रम मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्वोधन गरेर उनि श्रम मन्त्रालयबाट घर गएका हुन् ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री नभए पनि श्रमिक कामदारको पक्षमा काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केहि मन्त्रीहरुलाई पदबाट हटाएका थिए । जसमा गोकर्ण विष्टलाई पनि मन्त्री पदबाट हटाइएको थियो । विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ । २०७४ चैत्र २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिनासम्म श्रम मन्त्रालय सम्हालेका थिए ।

हेर्नुहोस् तश्वीरहरु:


\
तश्वीर: मनोज पराजुली/ साझा सबाल (काठमाडौँ) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!