आन्तरिक विवाद समाधानका लागि कांग्रेसको वार्ता टोलीबीच छलफल

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौं | नेपाली कांग्रेसमा आएको आन्तरिक विवाद मिलाउनका लागि बार्ता टोलि गठन गरेको छ | सोमबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा कांग्रेस नेताहरुबीच छलफल भएको छ |

नेताहरु उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्र प्रसाद बडु उपस्थित रहेका थिए | अब निधीले सभापति शेरबहादुर देउवासँग र सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेर निष्कर्षमा पुग्ने  तयारी गरेका छन् |

हाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व चयन, विभागहरु गठनलगायतका विषयमा देउवा र पौडेल पक्षबीच विवाद रहेको छ | विवाद पछि रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!