काँग्रेसले गर्यो चितवन बन्दको घोषणा

Posted on: 24 Feb, 2020

फागुन १२, चितवन | नेपाली काँग्रेस जिल्ला कार्य समितिले फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ | जिल्लाको माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरणप्रति ऐक्यवद्धता जनाउँदै नेपाली कांग्रेसले बन्दको घोषणा गरेको हो |

वडाध्यक्ष पौडेल ७ सुत्रीय माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा छन्, | कांग्रेसले उनको जीवन रक्षाको माग समेत गरेको छ | अनशन बसेको ६ दिन हुँदासमेत माग पूरा गर्नका लागि राज्यले चासो नदिएको भन्दै काँग्रेसले चितवन बन्द गरेर दबाबमुलक कार्यक्रम घोषणा गरेको हो |

कार्यक्रमअनुसार मंगलबार दिउँसो १२ः३० देखि जिल्ला प्रशासन कार्यालय, चितवनमा एक घण्टा धर्ना दिने, बुधबार लायन्स चोकबाट पुल्चोकसम्म मसाल जुलुस र बिहीबार चितवन बन्द गरिने काँग्रेसले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!