प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

Posted on: 14 Aug, 2020

साउन ३०, रुपन्देही | प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले जानकारी दिनुभयो । 

मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ । 

मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताउनुभयो । मन्त्रालयका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!