पाँच लाख ठग्‍ने गिरी जेल चलान

Posted on: 20 May, 2018

जेठ ६ काठमाडौँ | नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ।

ब्यूरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु एक लाख ५० हजार जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीय आरती गिरीलाई आज कमलपोखरीबाट पक्राउ गरिएको हो।

गिरीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएको थियो।

गिरीले ६ महिनाभित्र इजरायल पठाइदिन्छु भनी पदमसुन्दरी श्रेष्ठबाट रु तीन लाख ३० हजार र गीता श्रेष्ठबाट रु एक लाख ५५ हजार लिएर फरार भएका थिए। पक्राउ गिरीलाई वैदेशिक रोजगार ठगीअनुसार कारबाही गरिएको ब्यूरोले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!