भारतमा मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ७० बिरामी

Posted on: 15 Dec, 2018

मंसिर २९, काठमाडौं । भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । करिब ७० जना बिरामी परेका छन् ।


कर्नाटकको चामराजनगर जिल्लास्थित सुलाबाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु हो । ज्यान गुमाउनेमध्ये ३ महिला छन् ।

प्रसाद सेवनबाट बिरामी ७० मध्ये दर्जन बढीको अवस्था गम्भीर रहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । बीबीसी हिन्दीका अनुसार, बिरामीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विशेष पूजामा सहभागीलाई प्रसादका रुपमा भात र टमाटर दिइएको थियो । तर, खाएको केही बेरमै उनीहरुमा बाकबाकी लाग्ने र पेट दुख्ने समस्या देखिएको थियो ।

प्रसादमा के मिसिएको थियो भन्ने खुलेको छैन । प्रहरीले खानाको नमूना संकलन गरेर यसबारे अनुसन्धान अघि बढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!