जीवन बीमा कम्पनीको नाफा २७.६०% ले बढ्यो

Posted on: 21 Nov, 2019

मङ्सिर ५,काठमाडौं | चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वटा जीवन बीमा कम्पनीहरुको नाफा  २७.६० प्रतिशतले बढेको छ | चालु आवको पहिलो त्रैमासमा १ अर्ब ६४ करोड ८ लाख २६ हजार ५८८ रुपैयाँ जीवन बीमा कम्पनीहरुले नाफा आर्जन गरेका छन् |

 गत आवको सोहि अवधिमा ८३ करोड ४४ लाख ८२ हजार ६२५ रुपैयाँ मात्रै रहेको थियो | १९ वटा बीमा कम्पनीमा सबै भन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्सले २० करोड ४४ लाख ३२ हजार २७९ रुपैयाँ नाफा आर्जन गरेको छ |

यस्तै बढी नाफा कमाउने दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ११ करोड ५३ लाख ९६ हजार ७९३ रुपैयाँ आर्जन गरेको छ | प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थाको २९५.७७ प्रतिशतले नाफा बढेको छ | यस्तै यूनियन लाइफको १८४.५७, एसियनको १३७.४४ र सिटिजन्स लाइफको १२८.१५ प्रतिशतले बढेको छ | लाइफ इन्स्योरेन्स कर्पोरेशन, आईएमई लाइफ, सानिमा लाइफ इन्स्योरेन्सको नाफा घटेको छ |

यस्तै जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन पनि ६५.८५ प्रतिशतले बढेको छ | गतवर्षको पहिलो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनमा आएको थिएन । १९ वटा जीवन बीमा कम्पनीमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!