ग्लोबल आइएमई र जनता बैंक मर्ज, एकीकृत कारोबार शुरु

Posted on: 06 Dec, 2019
मंसिर २०, काठमाडौं | ग्लोबल  आइएमई बैंक र जनता बैंक आज देखि मर्ज भएका छन् |  एकीकृत कारोबारको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् |
दुवै बैंक मर्ज भएपछि बैंकको चुक्ता पुँजी १९ अर्ब पुगेको छ |निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ | ७७ वटै जिल्लामा ३ सयभन्दा धेरै शाखा, २५९ वटा एटीएम , २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कुल सञ्जाल ८ सय ३८ पुगेका छन् |
बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!