आज १० अन्तर्राष्ट्रिय उडान, ७ आन्तरिक उडान

Posted on: 22 Jun, 2020

असार ८, काठमाण्डौ | आज अन्तर्राष्ट्रिय तर्फका १० उडान, आन्तरिक तर्फ ७ उडान भरेको एक प्रेस विज्ञप्ति मार्फत नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

आज बहराइनबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५० जना र कुवेतबाट जजिरा एअरमार्फत १६० आज स्वदेश फर्किएका हुन् । त्यस्तै पाकिस्तानबाट हिमालय एअरको चार्टर्ड उडानमार्फत त्यहाँ समस्यामा रहेका ७२ जना नेपाली घर फर्किएका छन् । त्यस्तै आजै यूएईबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६५ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै आजै हिमालय एअरलाइन्समार्फत १५६ जना माल्दिभ्सबाट फर्किएका छन् । साथै आज समस्यामा परेका नेपाली लिन हिमालय एअरलाइन्स कतारको दोहा गर्दैछ भने नेपाल एअरलाइन्स अस्ट्रेलियाको सिड्नी जाँदैछ ।

त्यस्तै आन्तरिक तर्फ आज ७ उडान भएका छन् । आज समिट एयरको विमान १४७७ केजी सामान बोकेर लुक्ला गएको छ । त्यस्तै आज १६०० केजी कार्गो बोकेर तारा एयरले लुक्ला उडान भरेको छ  । त्यस्तै आज मनाङ, सिम्रिक, कैलासका बिभिन्न ५ उडान सेवाले ३ जना बिरामी सहित १४ जना यात्रूलाई सेवा दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!