श्रम स्वीकृति लिन अब काठमाडौं आउनु पर्दैन : श्रममन्त्री विष्ट

Posted on: 18 Mar, 2018

चैत्र ४,काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले केहि दिनमै प्रदेश २ र ५ मा श्रम कार्यालय खोलेर श्रम स्वीकृति दिइने जनाएका छन् । उनले आइतबार नै कम्तिमा दुई स्थानमा श्रम स्विकृती  दिने व्यवस्था मिलाउन बैदेशिक रोजगार विभागका महानिर्देशक र सचिवलाई निर्देशन दिइसकेको बताएका हुन् ।

देश संघीयतामा गए पनि वैदेशिक रोजगार विभाग केन्द्रीकृत रहेको भन्दै उनले  केही दिनमै प्रदेश २  र ५  कुनै पायक पर्ने ठाउँबाट श्रम स्विकृत दिने  व्यवस्था मिलाइने जानकारी दिएका हुन् ।

आइतबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग  कुरा गर्दै उनले हालको वैदेशिक रोजगार ऐन संशोधन प्रक्रियामा लैजाने जनाएका छन्। २०६४ सालमा बनेको उक्त ऐन संशोधन नहुँदा विदेश जाने कामदार पीडित हुँदै आएको भन्दै त्यसलाई समय सापेक्ष सुधार गरिने जनाए। 

त्यस्तै उनले बैदेशिक रोजगार विभागले  लिने गरेको पीडितको उजुरीलाई हरेक दिन नै  सुनुवाई गरिने जनाए । यस अघि विभागले वैदेशिक रोजगारीको क्रममा पीडितहरुको   उजुरी हप्तामा एक दिन बुधबार सर्व पक्षीय रुपमा सुनुवाई हुने गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!