दुबईमा अलपत्र परेका २ सय ५० कामदार मध्ये १ सय २० जनालाई नेपाल फर्काइयो

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौँ | नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा यूएईको आबुधाबीमा अलपत्र परेका १ सय २० जना नेपालीलाई स्वदेश फर्काइएको छ |

दुबईको आबुधाबी स्थित एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् (एलएलसी) कम्पनीमा कामगर्दै आएका  २ सय ५० जना नेपाली कामदार समस्यामा परेका थिए | करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका थिए | २ सय ५० जना कामदार मध्ये १ सय २० लाई स्वदेश फर्काइएको हो |

अरु कामदारलाई पनि स्वदेश पठाउन पहल भइरहेको दूतावासले जनाएको छ | उक्त कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सय भन्दा धेरै कामदार समस्यामा छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!