सुरक्षा गार्डमा नेपाली श्रमिकको विकल्प नभएको मलेसियाको दावी

Posted on: 13 Feb, 2020

फागुन १, काठमाण्डौ | बैदेशिक रोजगारी नेपालीका लागि बाध्यता बनेको छ | दैनिक करिब एक हजार देखि १५ सय सम्म युवाहरु रोजगारीको खोजीमा विदेशिने गरेका छन् | बाध्यात्मक बैदेशिक रोजगारीका कारण आफ्नो ज्यान समेत विदेशमै गुमाउनु परेको दर्दनाक पिडा पनि त्यति टाढा छैन |

जीवनको स्थिति माथि उठाउने आशमा विदेशियका युवाहरु दैनिक दुई देखि ४ जना रातो बाकसमा लास बनेर आउने गरेको तथ्यांक छ | एकातिर घरको आर्थिक अवस्था र अर्को तिर विदेशको पिडा उस्तै चर्को गर्मीमा पनि एक छाक टार्नका लागि दैनिक पशिना बगाएर खाडीमा जीवन गुजार्नु परेको नेपाली युवाको आँसु र पिडा हो |

केहि समय पहिले मलेसियामा बन्द भएको रोजगारी फेरी खुलेसंगै विदेशिनेको संख्या बढिरहेको छ | सोहि क्रममा मलेसियाको गृह मन्त्रालयले बुधबार सुरक्षा गार्डको काममा नेपाली श्रमिकको विकल्प नरहेको स्पस्ट पारेको छ |

नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानी श्रमिकलाई लिन लागेको भन्ने विषयमा मलेसियाले बुधबार उक्त कुरा स्पस्ट पारेको हो | विकल्पको रुपमा स्थानीय नागरिकलाई नै सुरक्षा गार्ड सम्बन्धी तालिम दिने र उनीहरुलाई नै सुरक्षा गार्डको काममा प्रेरित गर्ने मलेसियाले बताएको छ |

केही समयअघि मलेसियाले नेपाली श्रमिकको विकल्पको रुपमा पाकिस्तानबाट एक लाखदेखि एक लाख ५० हजारसम्म सुरक्षा गार्ड लिने भनेर पाकिस्तानको स्थानीय पत्रिका ‘द नेशन’ले खबर प्रकाशित गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!