फागुन ९, काठमाडौँ | पछिल्लो माघ महिनामा साउदी अरव जानको लागि सर्वाधिक कामदारले श्रम स्वीकृति लिएको देखिएको छ । वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरण अनुसार माघ महिनामा मात्र साउदी अरवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरुको शंख्या ११ हजार ११० रहेको छ ।
बिभागको अनुसार साउदी पछि सर्वाधिक श्रम स्वीकृति कतारको लागि लिईएको छ । कतारमा रोजगारीको लागि माघ महिनाभरमा १० हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै तेश्रो नम्बरमा मलेसिया जानका लागि १० हजार ५४४ जनाले श्रम स्वीकृति लिएको देखिएको छ ।
१. साउदी अरव - ११११० जना (महिला शंख्या: ६७ जना)
२. कतार - १०७६४ जना (महिला शंख्या: ४०१ जना)
३. मलेसिया - १०५४४ जना (महिला शंख्या: १६० जना)
४. युएई - १००८९ जना (महिला शंख्या : १२५९ जना)
५. कुवेत - २२९८ जना (महिला शंख्या: ३०५ जना)
६. बहराइन - ८८९ जना (महिला शंख्या: १३२ जना)
७. ओमान - ५४१ जना (महिला शंख्या: ६६ जना)
८. जापान - ४०९ जना (महिला शंख्या: २० जना)
९. साइप्रस - ३११ जना (महिला शंख्या: २७० जना)
१०. रोमानिया - २३६ जना (महिला शंख्या: ३९ जना)
११. जोर्डन - २२९ जना (महिला शंख्या: २१८ जना)
१२. माल्टा - १७३ जना (महिला शंख्या: ४७ जना)
१३. माल्दिभ्स - १६३ जना (महिला शंख्या: ५२ जना)
१४. अफगानिस्तान - १२७ जना (महिला शंख्या: ० जना)
१५. टर्की - १०० जना (महिला शंख्या: ५९ जना)
वैदेशिक रोजगार विभागले हरेक महिना कति कामदार वैदेशिक रोजगारीमा कुन-कुन मुलुक गए ? कुन म्यानपावरबाट कति गए भन्ने विवरणहरु सार्वजनिक गर्दै आएको छ । बिभागको अनुसार माघ महिनामा मात्र व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारमा जानको लागि ८२ वटा देशमा ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३ हजार १८९ जना महिला कामदार रहेका छन् ।
बिभागको अनुसार माघ महिनामा मात्र ७ सय ५४ म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनको लागि २५ हजार १७१ जनाको श्रम स्वीकृति जारी गरिएको छ । गत माघ महिनामा कुल ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएकोमा २७ हजार ४१७ अनस्किल्ड, १६ हजार ७१९ स्किल्ड, ४ हजार ४९१ सेमी स्किल्ड, ४२ जना प्रोफेसनल र ५ जना मात्र हाई स्किल्ड कामदारले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!