इजरायल र साइप्रसबाट उडान तय भएका दुवै उडान रद्द

Posted on: 23 Jun, 2020

असार ९, काठमाडौँ | समस्यामा रहेका नेपालीहरुको स्वदेश फिर्ता गर्ने क्रममा इजरायल र साइप्रसबाट उडान गर्ने तय भएका उडानहरु रद्द गरिएको तेलअविभ स्ठित नेपाली दुतावासले जानकारी दिएको छ । 

दुतावासले मंगलबार एक सूचना जारी गर्दै भनेको छ 'दूतावासका यसअघिका सूचनाहरुद्वारा साईप्रस र ईजरायलबाट नेपालीहरुलाई स्वदेश फर्काउने उद्देश्यले २९ र ३० जुनका लागि तय भएका दुबै उडानहरु रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौं । उडानको ७ दिन अघि अर्थात् २४ जुन २०२० देखि कोरोना परिक्षण (PCR & RDT) गर्न भनिएकोमा हालका लागि उक्त परीक्षणहरु नगर्न हार्दिक अनुरोध गर्दछौं । यसबाट पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी छ।' 

दुतावासले जारी गरेको सूचनामा उडान रद्द भएको विषयलाई अत्यन्त सम्बेदनशील मान्दै समस्यामा परेका नेपालीहरुलाई स्वदेश लैजान तत्काल अन्य एयरलाइन्ससँग छलफल समेत शुरु भएको जनाएको छ । दुतावासले उडानको मिति र समयतालिका निश्चित भएपछि फेरी जानकारी गरिने बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!