कतारबाट दुई जहाजमार्फद २ सय ९९ जना नेपाली फर्किए, दूतावासको यस्तो अनुरोध

Posted on: 01 Jul, 2020

योगेन्द्र योगी | असार १७, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको छैटौं र सातौ पटक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडानमार्फत् कतारबाट २ सय ९९ जना नेपाली स्वदेश फर्केका छन् ।


कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार छैटौं चरणको नेपाल एयरलाइन्सको उडानमार्फत् २ जना महिला र १ सय ४३ जना पुरुष रहेका छन् । 

सो उडानमा कोरोना भाइरसका कारण मृत्यु भएका १ जना नेपालीको शव पनि नेपाल पठाईएको सचिव भट्टराईले बताए । त्यसैगरि सातौ चरणको हिमालय एयरलाइन्सको उडानमार्फद ६ जना महिला र १ सय ४८ जना पुरूस पनि पनि आजै नेपाल फर्किएका छन् । 

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 


यस्तै अर्को भोली उडान नेपाल एयरलाइन मार्फद हुने छ भने गत जुन २०, २८, २९ र ३० को उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले उक्त एयरलाइन्सको आधिकारिक ट्राभल एजेन्सीमा थयाशिघ्र सम्पर्क गरि टिकेट लिन दूतावासले आग्रह गरेको छ । 

साथै, Ehteraz App एप प्रयोग नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा Ehteraz App अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउन समेत दूतावासले अनुरोध छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!