भिजिट भिषामा युरोप पठाईदिन्छु भन्दै साढे १९ लाख ठगी

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । युरोप पठाई दिन्छु भन्दै १९ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालिका संचालक चितवनको राप्ती न.पा वडा नं. ३ घर भई काठमाडौँको नयाँ बजार बस्दै आएका ३६ बर्षिय भरत प्रसाद राईलाई पक्राउ गरेको हो । 

राईले भिजिट भिषामा युरोपका पोर्चुगल,लाटभिया, युक्रेन लगायतका देश जान प्रतिव्यक्ति १० लाख लाग्छ भन्दै तेह्रथुम फेदाप गा.पा वडा नं. ३ जलजले बस्ने सागर लिम्बु सहित ६ जनाबाट रु १९ लाख ४७ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

उनलाई महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!