‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने

Posted on: 10 Dec, 2018

मङ्सिर २४, काठमाडौँ | नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने’ हुने भएको छ । 

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिस्प्रर्धा हुने छ । ‘स्ट्रकपप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ को व्यवस्थापन रहेको सो प्रतियोगिताको पहिलो चरणमा देशका पाँच मुख्य शहर बुटवल, नारायणगढ, धरान, पोखरा र काठमाडौँबाट कूल १५० समूहबाट २६ समूह प्रतियोगी छनोट गरिएको थियो । 

प्रतियोगितामा प्रथम हुनेलाई रु ३०,०००, दोस्रो हुनेलाई रु २०,००० र तेस्रो हुनेलाई रु १०,००० पुरस्कारको व्यवस्था गरिएको ‘स्ट्र««कपप’ का संस्थापक कार्यकारी निर्देशक सुरेश मोक्तानले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट पोशाक पहिरन र एकल नृत्यलाई पाँच/पाँच हजार राशिको पुरस्कारको व्यवस्था गरिएको युवा फर चेञ्जका अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो । 

‘स्ट्रकपप’ एउटा कोरियन नृत्य समूह हो । यो सन् २०१५ मा गठन भएको हो । यसले गठन भएदेखि हालसम्म कोरियन नृत्यसम्बन्धी विभिन्न गतिविधि गर्दै आएको छ । यसले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न कोरियन पप नृत्यमा समेत प्रतिनिधित्व गर्दै आएको छ । त्यसैगरी विसं २०७० मा स्थापना भएको युवा फर चेञ्जले विभिन्न जिल्लामा युवा लक्षित कार्यक्रम गर्दै आएको छ । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!