अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

Posted on: 13 Dec, 2018

मङ्सिर २७, काठमाडौँ | चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ । सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!